तेज डुम्रेल डोटी — किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, शिखर शाखा डोटीले शिखर नगरपालिका–२, कालागाँड बजारमा श्रद्धाञ्जली सभा तथा सुविधा वितरण कार्यक्रम सम्पन्न गरेको छ।
‘समृद्धिका लागि समुदायसँगसँगै’ भन्ने मूल नाराका साथ सञ्चालित सहकारीले संस्थाकी शेयर सदस्य बिस्ना देवी बोगटीका श्रीमान् स्वर्गीय डबलबहादुर बोगटीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारलाई राहतस्वरूप २ लाख ३३ हजार ५ सय ७५ रुपैयाँ हस्तान्तरण गरेको हो।
संस्थाका अमरगढी इलाका प्रमुख खकेन्द्र देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिखर नगरपालिका–२ का वडाध्यक्ष गणेश बोगटी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा शिखर नगरपालिकाका कार्यपालिका सदस्य रामबहादुर लुहार, वडा सदस्य रने धामी, संस्थाका शेयर सदस्य तथा स्थानीयको सहभागिता रहेको थियो।
कार्यक्रममा शिखर शाखाका शाखा प्रमुख धर्मराज भट्टराईले किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यको जन्मदेखि मरणोपरान्तसम्म विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आएको जानकारी दिनुभयो।
स्वर्गीय डबलबहादुर बोगटीको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए। साथै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै संस्थाको सदस्य सुरक्षण कार्यक्रमअन्तर्गत राहत रकमको चेक परिवारलाई हस्तान्तरण गरिएको थियो।
प्रमुख अतिथि वडाध्यक्ष गणेश बोगटीले सहकारी संस्थाले सदस्यहरूलाई दुःखको समयमा आर्थिक सहयोग तथा राहत प्रदान गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो। उहाँले आगामी दिनमा पनि सदस्यकेन्द्रित तथा सामाजिक कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिँदै संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो।
विज्ञापन
किसान बहुउद्देश्यीय सहकारीद्वारा श्रद्धाञ्जली सभा तथा २ लाख ३३ हजार रुपैयाँ राहत हस्तान्तरण
विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
नयाँ प्रकाशित
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन











