विज्ञापन

डोटीको भारीकोटमा सुख्खा पहिरोको जोखिम, बस्ती नै विस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने : मन्त्री मल्ल

विज्ञापन
Image

तेज डुमेल डोटी – डोटीको आदर्श गाउँपालिका–२, भारीकोटमा गइरहेको सुख्खा पहिरोका कारण स्थानीय बस्ती जोखिममा परेको छ। पहिरो निरन्तर गइरहेकाले सम्भावित क्षति रोक्न समयमै आवश्यक कदम चाल्नुपर्ने देखिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री चक्रबहादुर मल्लले भारीकोटमा देखिएको सुख्खा पहिरोको अवस्थाप्रति चासो व्यक्त गर्दै जोखिम न्यूनीकरणका लागि तत्काल प्राविधिक अध्ययन गर्नुपर्ने बताउनुभएको छ।

मन्त्री मल्लका अनुसार पहिरो नियन्त्रण गर्न सकिने सम्भावनाबारे सम्बन्धित प्राविधिक टोलीबाट अध्ययन गरिनुपर्छ। प्राविधिक अध्ययनबाट पहिरो नियन्त्रण गर्न सम्भव नदेखिएमा जोखिममा रहेका बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ छ।

पहिरोका कारण बस्ती नै विस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सम्बन्धित निकायले समयमै आवश्यक पहल गर्नुपर्ने देखिएको छ। सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि जोखिमको आकलन, प्राविधिक अध्ययन र सुरक्षित व्यवस्थापनमा ध्यान दिन आवश्यक छ।

भारीकोटमा देखिएको पहिरोको जोखिमलाई गम्भीरतापूर्वक लिँदै स्थानीय बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ। पहिरो नियन्त्रण तथा जोखिममा रहेका बस्तीको सुरक्षाका लागि सम्बन्धित निकायको सक्रियता आवश्यक देखिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन