विज्ञापन

सिलगढीको छाउनीमा बस दुर्घटना, सबै यात्रु सकुशल

विज्ञापन
Image

डोटेली आवाज, सिलगढी
धनगढीबाट बाजुरा जाँदै गरेको सुदूरपश्चिम यातायातको बस (ना.प्र. ०१–००१ ख ३१०६ )आज बिहान डोटीको सिलगढीस्थित छाउनी पिपलबोट नजिक दुर्घटनाग्रस्त भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आज बिहान करिब ३:१५ बजे बस सडक छेउको नालीमा खसेको थियो। दुर्घटनामा बसमा सामान्य क्षति पुगेको तर सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा चालकको असावधानी र सडकको उकालो घुम्ती भागमा भएको चिपचिपोपन दुर्घटनाको कारण हुनसक्ने अनुमान गरेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन