सुदूरपश्चिम प्रदेश संघर्ष समितिको अध्यक्षमा डोटीका शिक्षक प्रेम बिक सर्वसम्मत चयन हुनुभएको छ।
असोज १७ गते शनिबार डडेल्धुराको बागबजारमा आयोजित भेलाले बिकको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डडेल्धुराका बलबहादुर धामी, सचिवमा दार्चुलाका धर्मसिंह महता, सहसचिवमा कैलालीका रणबहादुर बरेमगर र कोषाध्यक्षमा कैलालीकी दिव्य खड्का चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरूमा अछामका केशव भण्डारी, बाजुराका वीरबहादुर साउद, बझाङका प्रेमबहादुर धामी, डोटीका गगनबहादुर बलायर, बैतडीका हरिप्रसाद जोशी, कैलालीकी दीपा बजगाईं, कैलालीका यज्ञबहादुर थापा र दार्चुलाका गगनसिंह ठकुन्ना चयन हुनुभएको जनाइएको छ।
उक्त भेलाले सुदूरपश्चिम प्रदेशका वार्षिक एकमुष्ट अनुदानमा कार्यरत शिक्षकहरूका विभिन्न माग पूरा गर्न सुप प्रदेश वार्षिक एकमुष्ट अनुदान शिक्षक संघर्ष समिति गठन गरेको सहभागी शिक्षकहरूले बताएका छन्।
विज्ञापन
सुदूरपश्चिम प्रदेश संघर्ष समितिको अध्यक्षमा डोटीका शिक्षक प्रेम बिक चयन
विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
नयाँ प्रकाशित
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन











