विज्ञापन

लाटामाण्डौ माविमा शैक्षिक प्रदर्शनी तथा सिकाइ मेला सम्पन्न

विज्ञापन
Image

तेजु ओली डोटी- शिखर नगरपालिका–७ लाटामाण्डौस्थित लाटामाण्डौ माध्यमिक विद्यालयमा शैक्षिक प्रदर्शनी तथा सिकाइ मेला–२०८३ सम्पन्न भएको छ। विद्यार्थीको सिर्जनशीलता अभिवृद्धि गर्नुका साथै स्थानीय ज्ञान, सीप र परम्परागत सामग्रीलाई शिक्षासँग जोड्ने उद्देश्यले मेला आयोजना गरिएको हो।

मेलामा विद्यार्थीले माटाका भाँडाकुँडा, परम्परागत सामग्री तथा विज्ञान र प्रविधिसँग सम्बन्धित शैक्षिक सामग्री प्रदर्शन गरेका थिए।

कार्यक्रम अधिकृत लक्ष्मण देउबाका अनुसार परम्परागत सामग्री लोप हुनबाट जोगाउने, माथिल्लो कक्षाका विद्यार्थीबाट तल्लो तहका विद्यार्थीलाई सिकाउने र शैक्षिक सामग्रीको अवलोकनमार्फत विद्यार्थीलाई पढेरभन्दा देखेर थप ज्ञान हासिल गर्ने अवसर प्रदान गर्न मेला आयोजना गरिएको हो।

विद्यालयका प्राध्यापक रमेश भट्टले सबै पक्षको सहयोगले विद्यालयको समग्र विकासमा सकारात्मक परिवर्तन आएको बताउनुभयो। शिखर नगरपालिकाकी उपप्रमुख सुनिता रावल जोराले अभिभावकको सहभागिताले विद्यालयको शैक्षिक सुधारमा थप योगदान पुगेको बताउनुभयो।

त्यस्तै, नगरप्रमुख दीर्घबहादुर बलायरले यस वर्षको एसईई परीक्षामा विद्यालयले शतप्रतिशत नतिजा हासिल गरेको र विद्यार्थीको अनुशासन प्रशंसनीय रहेको बताउनुभयो।

शिखर नगरपालिका डोटीको समन्वय तथा गुड नेबर्स इन्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्र (सीडीसी) डोटीको आर्थिक तथा प्राविधिक सहयोगमा लाटामाण्डौ माध्यमिक विद्यालयले मेला आयोजना गरेको हो।

तेजु ओली, डोटी।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन