विज्ञापन

सायलको देवारमाण्डौमा वडा स्तरीय खुला भलिबल प्रतियोगिता सुरु

विज्ञापन
Image

तेज डुम्रेल
सायल, डोटी

डोटीको सायल गाउँपालिका–५ देवारमाण्डौमा वडा स्तरीय खुला भलिबल प्रतियोगिता सुरु भएको छ।

देवारमाण्डौ युवा क्लबद्वारा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन वडा नम्बर ५ का वडाअध्यक्ष बहादुर साउदले सोमबार ब्यानर वाचन गर्दै भलिबल सर्भिस दिई गर्नुभएको हो।

उद्घाटन समारोहका प्रमुख अतिथि वडाध्यक्ष साउदसँगै विशिष्ट अतिथि डोटी जिल्ला कारागारका प्रमुख लालबहादुर बोगटी, अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कबहादुर बोगटी, प्रहरी चौकी डौडका इन्चार्ज दानसिं कार्की, वडा सदस्य अमरबहादुर खड्का लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रम सञ्चालन कालिका माध्यमिक विद्यालयका शिक्षक ध्रुब बोगटीले गर्नुभएको थियो।

प्रतियोगितामा कुल ११ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा प्रथम हुने टोलीलाई रु. ४० हजार, द्वितीय हुने टोलीलाई रु. २० हजार र तृतीय हुने टोलीलाई रु. १० हजारका साथै ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर र उत्कृष्ट स्पाइकरलाई पनि विधागत सम्मान गरिने देवारमाण्डौ युवा क्लबका संयोजक कर्णबहादुर बोगटीले जानकारी दिनुभयो।

देवारमाण्डौ युवा क्लबले हरेक वर्ष तिहारको अवसर पारेर वडा स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन