(तेज डुम्रेल) डोटी — रसुवा, धादिङ, नुवाकोटलगायतका बाढी प्रभावित क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि डोटीको पिपल्ला बजारबाट १ लाख ३४ हजार ३ सय २३ रुपैयाँ सहयोग संकलन गरिएको छ।
पिपल्ला बजारका उद्योगी, होटल व्यवसायी, बजार व्यवस्थापन समिति तथा स्थानीय सर्वसाधारणको सहभागितामा राहत संकलन अभियान सञ्चालन गरिएको हो। बजारस्थित ‘जेनेरेसन जेड’ (Gen Z) चोकमा राहत बक्स राखेर स्वेच्छिक रूपमा सहयोग गर्न आह्वान गरिएको थियो।
अभियानबाट संकलित १ लाख ३४ हजार ३ सय २३ रुपैयाँ शनिबार प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरिएको बजार व्यवस्थापन समितिका संयोजक रमेश बोहराले जानकारी दिए।
उनका अनुसार विपद्मा परेका नागरिकलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले बजार क्षेत्रका व्यवसायी तथा सर्वसाधारणबाट रकम संकलन गरिएको हो।
उद्योग वाणिज्य संघले यसअघि पनि विभिन्न विपद्का समयमा प्रभावित नागरिकको सहयोगका लागि राहत संकलन गर्दै आएको संघका अध्यक्ष विक्रम साउदले बताए। विपद्का बेला मानवीय सहयोग र सामाजिक उत्तरदायित्वअन्तर्गत पिपल्ला बजारबाट राहत संकलन अभियान सञ्चालन गरिएको उनले बताए।
बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको उक्त अभियानले विपद्का बेला स्थानीयस्तरबाट समेत सहयोग जुटाउन सकिने सन्देश दिएको छ।
विज्ञापन
पिपल्ला बजारबाट बाढी प्रभावित क्षेत्रका लागि १ लाख ३४ हजार रुपैयाँ सहयोग
विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
नयाँ प्रकाशित
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन









