विज्ञापन

आगलागीबाट क्षति व्यहोरेकी महिला उद्यमीलाई ६ लाख ७३ हजार बीमा दाबी भुक्तानी

विज्ञापन
Image

तेज डुम्रेल दिपायल (डोटी) — डोटीको दिपायल सिलगढी नगरपालिका ६ सिलगढी  स्थित देउराली मम सेन्टरमा आगलागीबाट क्षति व्यहोरेकी महिला उद्यमी झरना बिष्टले ६ लाख ७३ हजार २ सय रुपैयाँ बीमा दाबी रकम प्राप्त गरेकी छन्।
ग्लोबल आइएमई बैंक लिमिटेड पिपल्लाबजार शाखाको समन्वयमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सालिको) दिपायल शाखाले बिष्टलाई उक्त रकम हस्तान्तरण गरेको हो।
बिष्टले महिला उद्यमी कर्जा अन्तर्गत ग्लोबल आइएमई बैंकबाट ऋण लिएर देउराली मम सेन्टर सञ्चालन गरेकी थिइन्। कर्जा प्रवाहसँगै व्यवसायमा प्रयोग हुने स्टक तथा मेसिनरी सामग्रीको बीमा पनि गरिएको थियो।
गत वैशाख ६ गते मम सेन्टरमा आगलागी हुँदा व्यवसायमा ठूलो क्षति पुगेको थियो। घटनापछि बैंक तथा बीमा कम्पनीको समन्वयमा क्षतिको मूल्यांकन गरी दाबी प्रक्रिया अघि बढाइएको थियो।
बीमा दाबी रकम हस्तान्तरण कार्यक्रममा डोटी उद्योग वाणिज्य संघका कोषाध्यक्ष आईजंग कुँवर, ग्लोबल आइएमई बैंक पिपल्लाबजार शाखाका प्रमुख कविराज भट्ट, कृषि विकास बैंकका शाखा प्रबन्धक राम ऐर, डोटी चेम्बर अफ कमर्सका उपाध्यक्ष नवीन श्रेष्ठ तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी दिपायल शाखाका प्रबन्धक राजु घलेलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले व्यवसायमा बीमाको महत्व उल्लेख गर्दै प्राकृतिक विपद् तथा आकस्मिक घटनाबाट हुने आर्थिक जोखिम न्यूनीकरणका लागि बीमा प्रभावकारी माध्यम भएको बताए। उनीहरूले बैंक, बीमा कम्पनी र व्यवसायीबीचको सहकार्यले संकटमा परेका उद्यमीलाई व्यवसाय पुनर्स्थापनामा सहयोग पुग्ने धारणा राखे।
बीमा दाबीबापत प्राप्त रकमले देउराली मम सेन्टर पुनः सञ्चालन गर्न तथा व्यवसाय पुनर्स्थापनामा महत्वपूर्ण सहयोग पुगेको सञ्चालिका बिष्टले बताइन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन