डोटेली आवाज अनलाईन
दिपायल
बैंकर्स क्लब डोटीको वार्षिक साधारण सभा नयाँ नेतृत्व चयन गर्दै दिपायलमा सम्पन्न भएको छ। दिपायल–पिल्लास्थित वर्षा होटलमा सम्पन्न साधारण सभाले नयाँ कार्य समिति तथा सल्लाहकार समिति चयन गरेको क्लबले जनाएको छ।
साधारण सभाबाट चयन भएको नयाँ कार्य समितिमा अध्यक्ष रमेश ओझा, उपाध्यक्ष कबिराज भट्ट र तेज राज जोशी, सचिव सुरेन्द्र प्रसाद जोशी, सह–सचिव लोकेश जोशी तथा कोषाध्यक्ष तीर्थराज पन्त रहेका छन्।
त्यसैगरी सदस्यमा क्रमशः प्रमिला शाही, पदम राज जोशी, टंक जोशी, तेजबहादुर रोकाया र सरोज महर्जन चयन भएका छन्।
साधारण सभाले एक सल्लाहकार समिति पनि चयन गरेको छ। समितिको संयोजकमा धन बहादुर रावल तथा सदस्यमा क्रमशः राम बहादुर ऐर, जगत बहादुर बोहरा, पुरुषोत्तम जोशी र निर्मला कुमारी बम रहेका छन्।
सभामा क्लबको विगत वर्षभरिका गतिविधि, आर्थिक प्रतिवेदन, सदस्य विस्तार तथा आगामी वर्षका नीति तथा कार्ययोजनाहरू प्रस्तुत गरिएको थियो।
नवगठित कार्यसमितिले जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाबीच पेशागत समन्वय, दक्षता अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाइने जनाएको छ।







