तेज डुम्रेल
दिपायल
काठमाडौंस्थित भारतीय राजदूतावासले महात्मा गान्धी छात्रवृत्ति योजना (MGSS) तथा स्वर्ण जयन्ती छात्रवृत्ति योजना (GJSS)अन्तर्गत २०२५–२६ शैक्षिक वर्षका लागि नेपाली विद्यार्थीहरूबाट आवेदन आह्वान गरेको छ ।
राजदूतावासका अनुसार इच्छुक विद्यार्थीहरूले २०२५ अक्टोबर ६ देखि नोभेम्बर २ सम्म अनलाइन आवेदन फारम भर्न सक्नेछन् । आवेदन फारम www.goischolarship.com.np वेभ पोर्टलमार्फत बुझाउन सकिनेछ । उक्त पोर्टल नोभेम्बर ३, २०२५ राति १२ः०० बजे बन्द हुने जनाइएको छ ।
महात्मा गान्धी छात्रवृत्ति योजना (कक्षा ११ का लागि)
यस छात्रवृत्तिका लागि नेपालका कुनै पनि मान्यता प्राप्त शैक्षिक संस्थामा कक्षा ११ (डिप्लोमा तहसमेत) मा अध्ययनरत विद्यार्थी योग्य हुनेछन् । विद्यालयका प्रधानाध्यापक वा प्रमुखको प्रमाणपत्र सहित आवेदन दिनुपर्नेछ ।
आवेदकले कक्षा १० मा कम्तीमा ६० प्रतिशत अंक हासिल गरेको हुनुपर्नेछ ।
स्वर्ण जयन्ती छात्रवृत्ति योजना (स्नातक तहका लागि)
स्वर्ण जयन्ती छात्रवृत्तिका लागि नेपालका मान्यता प्राप्त शैक्षिक संस्थामा स्नातक तहको पहिलो वर्षमा अध्ययनरत विद्यार्थी योग्य हुनेछन् । प्रधानाध्यापक वा शैक्षिक संस्थाका प्रमुखले प्रमाणित गरेको छात्र प्रमाणपत्र पेश गर्नुपर्नेछ । साथै, अन्य कुनै छात्रवृत्ति नलिएको प्रमाण पनि आवश्यक हुनेछ ।
अनलाइन आवेदन फारम बुझाउने अन्तिम मिति २०२५ नोभेम्बर २, राति ११ः५९ बजे तोकिएको छ । राजदूतावासले तोकिएको समयसीमाभित्र आवेदन फारम पूरा गरी पेश गर्न सबै विद्यार्थीहरूलाई अनुरोध गरेको छ ।
विज्ञापन
भारतीय राजदूतावासद्वारा छात्रवृत्तिका लागि आवेदन माग
विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन






