तेज डुम्रेल
डोटी
यस बर्षकौ दशैं मनाउन घर आएका एक प्रहरी जवान मृत अवस्थामा भेटिएका छन । डोटीको शिखर नगरपालिका वडा नं. ८ तिलताली निवासी करिब २९ बर्षिय प्रहरी जवान शंकर बलायर शुक्रबार मृत अवस्थामा भेटिएकौ जिल्ला प्रहरी कार्यालय डौटीले जनाएको छ ।
प्रहरीका अनुसार शिखर नगरपालिका–८ गोपघाटस्थित डा. केआईसिंह राजमार्ग अन्तर्गतको सडकमा घोप्टो परेको अवस्थामा शुक्रबार राती बलायरकौ शब भैटिएकौ थियो । प्रहरी जवान बलायरको टाउकोमा गम्भीर चोट लागेका देखिएको छ । अहिले मृतकको शब पोस्ट मार्टमाकौ लागि जिल्ला अस्पतालमा पठाईएकौ प्रहरी निरीक्षक नवराज रावलले जानकारी दिनु भयो ।
शुक्रबार मध्यराति करिब १२ः१५ बजे मानिस सडकमा लडेको अवस्थामा देखिएको भन्ने सूचनापछि प्रहरी चौकी तिलतालीबाट प्रहरी नायब निरीक्षक भुवनसिंह बोहराको कमाण्डमा पाँच जनाको टोली घटनास्थलतर्फ खटिएको थियो ।
मृतक बलायर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए । उनी दशैं मनाउन असोज ७ गतेदेखि १८ दिनको घर विदामा आएका थिए ।
घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक रावलको नेतृत्वमा नौ जनाको विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।
बलायरका आफन्तले घटनालाई शंकास्पद भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् ।
विज्ञापन
दशैं मनाउन घर आएका प्रहरी जवान बलायर मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरू
विज्ञापन

Untitled design - 1
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
नयाँ प्रकाशित
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन







