विज्ञापन

सायलगाडमा पक्की पुल नहुँदा यात्रु र चालकलाई सास्ती

विज्ञापन
Image

डोटेली आवाज
सायल, डोटी

सायल गाउँपालिका वडा नम्बर २ र ४ लाई जोड्ने सायलगाडमा पक्की पुल नहुँदा यात्रु र चालकहरूले वर्षौँदेखि दुःख भोग्नुपरेको छ। जोखिम मोलेर यातायात सेवा दिइरहेका चालक उत्तम ओलीले “ज्यानको बाजी लगाएर, गाडीको माया मार्दै यातायात सेवा दिनुपरेको छ” भन्दै गुनासो पोख्नुभयो।

स्थानीयवासीहरूले चुनाव नजिकिँदा हरेक पटक ठूला–ठूला सपना सार्वजनिक हुने तर जनताका आधारभूत आवश्यकता भने समयमै पूरा नहुने आरोप लगाएका छन्।

सायलगाडमा पक्की पुल निर्माणबारे सोधिँदा सांसद चक्रबहादुर मल्लले पटक–पटक प्रयास भइरहेको बताउँदै आएका छन्। त्यस्तै, निरन्तरको मागपछि यसपालि पुल निर्माणको टेन्डर आह्वान हुने अपेक्षा गरिएको वडा नम्बर २ का अध्यक्ष मानबहादुर सिंहले जानकारी दिनुभयो।

वडाध्यक्ष सिंहले सायल गाउँपालिकाको लगातार अनुरोधपछि संघीय सरकारले यस वर्ष पुल निर्माण कार्य सुरु हुने पक्का भएको दाबी गर्नुभएको छ।

यसैबीच, सायल गाउँपालिका वडा नम्बर १ अन्तर्गतको सायलिगाडमा पनि पक्की पुल निर्माण कार्य सुरु नहुँदा छपालि–कौराडी क्षेत्रका स्थानीयवासीले यातायात आवागमनमा ठूलो सास्ती भोग्नुपरेको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन