विज्ञापन

बडादशैंको अवसरमा डोटीको डौडमा भव्य डेउडा कार्यक्रम

विज्ञापन
Image

तेज डुम्रेल
सायल, डोटी
   यस वर्षको बडादशैंको अवसरमा डोटीको डौडमा भव्य डेउडा कार्यक्रम सम्पन्न भएको छ । सायल गाउँपालिका–४ डौडमा नवमीको दिन आयोजना गरिएको सो कार्यक्रममा दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो ।

लाईभ डेउडा कार्यक्रममा डोटी जोरायलकी टिका सानि र कैलालीका दीपक रिमालले प्रस्तुत गरेको उत्कृष्ट देउडाले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।

कालाढुङ्गा भगवती तथा मस्टामहाराज संरक्षण समितिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा डौडसहित आसपासका क्षेत्रका दर्शकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

घरबाहिर रहेका मानिसहरू पनि दशैं मनाउन गाउँ फर्किने भएकाले सबैलाई एउटै ठाउँमा भेला गरी रमाइलो गर्ने उद्देश्यले डेउडा कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

यसैगरी सायल गाउँपालिका–२ ग्वानीमा पनि दशैंको अवसरमा विशेष डेउडा कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन