डोटेली आवाज, दिपायल
रेडियोकर्मी तथा पत्रकार टेकबहादुर ऐरलाई मातृशोक परेको छ। रेडियो नेपालका मुख्य संगीत संयोजक समेत रहेका ऐरकी आमा कालीदेवी ऐरको ७९ वर्षको उमेरमा शनिबार निधन भएको हो।
लामो समयदेखि अस्वस्थ रहँदै आएकी कालीदेवीको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ।
उनी दीर्घकालीन रोगको उपचारमा रहेकी थिइन्। पारिवारिक स्रोतका अनुसार अन्तिम संस्कार काठमाडौंमै सम्पन्न गरिने तयारी गरिएको छ।
प्रतिक्रिया जनाउनुहाेस्







