(१) यै पालाका भाइटिकामा, मन्छैन प्रभुल्ल ।
भाई परदेश बैनी घर, यसाइ रुल्ल टुल्ल ।।
(२) दाइना हुनु देउ देवता, दाइना हुनु भैरउ ।
ऐनेखी हजारी माला, कैका घाँटी पैरउ ।।
(३) भाग्यले दिएका दुःख, सयइ कर्म सयइ ।
भाइ बैनी छुटेर बस्नु, कैलै जन भयइ ।।
(४) कोइ कोइ दाइभाइ मदुरास, कोइ दाइभाइ बिहार ।
यै पाला निस्स्याइलो लाग्या,े भाइटिका तिहार ।।
(५) सुनको साङल हुन्छ, फलामको गेट ।
मेरा भाइलाइ छुट्टी दि हाल, काम लगाउन्या सेट ।।
(६) छाणन्या कन पाप लागिजाउ, दूध पियाका गाइको ।
बिदेशिनु बाध्यता हो, मेरा दाजु भाइको ।।
(७) उइन्नछ्या फुलकी माला, भाइलाइ सुहाउनलाइ ।
केलाइ आइ भाइटिका तिहार, मुखी रुवाउनालाइ ।।
(८) भाइटिकामा मेरा भाइको, मन कति जल्यो हो ।
भाइ टीका लगाउन पाइन, क्या कर्म बल्यो हो ।।
रचनाकार ः रबिन्द्रप्रसाद जोशी
प्रतिक्रिया जनाउनुहाेस्








