डोटेली आवाज, धनगढी
कैलाली उद्योग वाणिज्य संघको ५१औं साधारणसभा तथा अधिवेशन आगामी असोज २५ गते हुने भएको छ। जेनेजी आन्दोलनका कारण स्थगित अधिवेशनबारे सर्वपक्षीय बैठकले नयाँ मिति तय गरेको हो। यसअघि भदौ २८ गते गर्ने भनिएको अधिवेशन आन्दोलनका कारण कर्फ्यु लागेपछि रोकिएको थियो।
२२ सदस्यीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता गर्ने प्रक्रिया पहिले नै सम्पन्न भइसकेको छ। अध्यक्ष पदका लागि वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्वमहासचिव रुपेश स्वाँरले प्यानलसहित उम्मेदवारी दिएका छन्। त्यस्तै पदाधिकारी तथा सदस्य पदका लागि ६ जना व्यवसायीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
संघका कुल २ हजार २ सय ७४ जना सदस्यले मतदानमा सहभागी हुने कैलाली उद्योग वाणिज्य संघले जनाएको छ।
प्रतिक्रिया जनाउनुहाेस्







