विज्ञापन

जोरायलमा पाँचौं स्व. चित्र मडै स्मृति पेनाल्टी शुट आउट प्रतियोगिता हुने

विज्ञापन
Image
डोटीमा प्रहरी जवान मृत्यु प्रकरणमा एक जना पक्राउ - 1

डोटेली आवाज अनलाइन
जोरायल, डोटी

जोरायलका जुझारु युवाहरूको संस्था रायल जोरायल क्लबले यस वर्ष पनि स्व. चित्र मडै स्मृति पेनाल्टी शुट आउट प्रतियोगिता आयोजना गर्ने भएको छ।

जोरायल गाउँपालिका–४ स्थित घण्टेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा हुने उक्त पाँचौं संस्करणको प्रतियोगिताका लागि क्लबले टीम दर्ता खुला गर्दै सूचना सार्वजनिक गरेको छ।

क्लबका महासचिव अनिलकुमार कठायतका अनुसार प्रतियोगितामा जोरायल गाउँपालिकाका ६ वटै वडाका टिमहरू मात्र सहभागी हुन पाउनेछन्। आगामी कार्तिक ४ गतेदेखि सुरु हुने प्रतियोगितामा प्रथम हुने टिमले रु. २१ हजार, र द्वितीय हुने टिमले रु. ११ हजार पुरस्कार पाउने क्लबले जनाएको छ।

महासचिव कठायतका अनुसार, खेलकुदमार्फत युवाहरूमा अनुशासन, एकता र आपसी सद्भाव कायम गर्दै समाजमा सकारात्मक सन्देश फैलाउने तथा जोरायलका जुझारु युवा स्व. चित्र मडैको स्मृतिलाई जिवन्त राख्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो।

रायल जोरायल क्लबले विगत पाँच वर्षदेखि हरेक वर्ष स्व. चित्र मडै स्मृति पेनाल्टी शुट आउट प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन