विज्ञापन

कपिलवस्तु बस दुर्घटनामा डोटीकी बालिकाको मृत्यु

विज्ञापन
Image

तेज डुम्रेल
दिपायल ।
कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–१ बनकसबासस्थित सडकमा धनगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा डोटीकी एक बालिकाको मृत्यु भएको छ ।

ना.१ ख ५७०३ नम्बरको बस शनिबार बिहान  दुर्घटनाग्रस्त हुँदा डोटीको दिपायल सिलगढी नगरपालिका–१ तिखा निवासी १८ वर्षीया सरस्वती खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी खड्काको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै, बसमा सवार घाइतेहरूमध्ये ३ जनाको सोही अस्पतालमा, १२ जनाको चौराहा अस्पताल बुटवलमा र ९ जनाको सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हाल दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिमा गुडिरहेको बस मोडमा नियन्त्रण गुमाउँदा दुर्घटना भएको बताइएको छ ।

प्रहरी टोलीले दुर्घटनास्थलमा उद्धार कार्य सम्पन्न गरी घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन