डोटेली आवाज अनलाइन
दिपायल, डोटी
दिपायल–सिलगढी नगरपालिका–४, पिपल्लामा गोल्डेन फ्युचर एण्ड आईटी सेन्टर औपचारिक रूपमा सञ्चालनमा आएको छ। “गुणस्तरीय शिक्षा–गोल्डेन फ्युचरको प्रतिबद्धता” भन्ने मूल नारासहित सुरु गरिएको यस आईटी सेन्टरलाई विषयगत युवाहरूको टिमले स्थापना गरेको हो।
उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष नारायण चन्दले देशमा बढ्दै गएको बेरोजगारी र युवामाझ बढ्दो निराशालाई मध्यनजर गर्दै सीपमूलक तालिम, कम्प्युटर शिक्षा तथा लोकसेवा तयारी कक्षा सञ्चालनमार्फत युवाहरूलाई अभिप्रेरित गर्दै संस्थालाई युवाको आकर्षणको केन्द्र बनाउने लक्ष्य रहेको बताउनुभयो।
त्यसैगरी, संस्थाका प्रबन्ध निर्देशक भिम थापाले विभिन्न भाषा कक्षासहित सुलभ शुल्कमा आफ्नै गाउँ–ठाउँमा बसेर गुणस्तरीय शिक्षा उपलब्ध गराई दिपायल–डोटीमा फरक पहिचान कायम गर्ने मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो। उहाँले उक्त उद्देश्य सफल बनाउन जनप्रतिनिधि, बुद्धिजीवी, शिक्षाप्रेमी अभिभावक तथा पत्रकारज्यूहरूको निरन्तर सहयोग आवश्यक रहेको आग्रह गर्नुभयो।
उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, शिक्षाप्रेमी, अभिभावक तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।







