विज्ञापन

बैंकर्स क्लब डोटीको वार्षिक साधारण सभा सम्पन्न, ओझा पुनः अध्यक्ष

विज्ञापन
Image

डोटी, कार्तिक २९।
बैंकर्स क्लब डोटीको वार्षिक साधारण सभा पिपल्लास्थित होटल बर्शामा सम्पन्न भएको छ। सभाले आगामी कार्यकालका लागि रमेश ओझालाई पुनः अध्यक्ष चयन गर्दै नयाँ कार्यसमिति तथा सल्लाहकार समिति गठन गरेको छ।

सभाको अध्यक्षता क्लबका अध्यक्ष ओझाले गर्नुभएको थियो। उहाँ हाल एनआईसी एशिया बैंक, दिपायल शाखाका शाखा प्रबन्धक समेत हुनुहुन्छ। सभामा विगत वर्षका गतिविधि विवरण, आर्थिक प्रतिवेदन, सदस्य वृद्धि तथा आगामी वर्षका कार्यक्रम बारे छलफल गरिएको थियो।

कार्यक्रममा नयाँ सदस्यको स्वागत तथा अवकाश लिने सदस्यको बिदाइ समारोहसमेत गरिएको थियो। नयाँ सदस्यलाई संस्थागत गतिविधिमा सक्रिय सहभागिताका लागि प्रेरित गरियो भने, बिदा भएका सदस्यलाई योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको थियो।

सभाले आर्थिक प्रतिवेदन पारित गर्दै आगामी वर्षमा क्लबका गतिविधि अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

नवगठित कार्यसमितिमा अध्यक्षमा रमेश ओझा पुनः चयन भएका छन्। उपाध्यक्षमा कविराज भट्ट र तेज राज जोशी रहेका छन्।

सचिवमा सुरेन्द्र प्रसाद जोशी, सह–सचिवमा लोकेश जोशी तथा कोषाध्यक्षमा तीर्थराज पन्त चयन भएका छन्।

सदस्यहरूमा प्रमिला शाही, पदम राज जोशी, टंक जोशी, तेजबहादुर रोकाया र सरोज महर्जन रहेका छन्।

सल्लाहकार समितिको समन्वयकमा धन बहादुर रावल चयन भएका छन्। सदस्यहरूमा राम बहादुर ऐर, जगत बहादुर बोहरा, पुरुषोत्तम जोशी र निर्मला कुमारी बम रहेका छन्।

क्लबका सचिव सुरेन्द्र प्रसाद जोशीले AGM सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै सबै सदस्य तथा सल्लाहकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन