डोटी,
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति डोटीको पाँचौँ जिल्ला अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ। अधिवेशनबाट छत्र कमल पाठक अध्यक्षमा निर्वाचित भएका छन्।
निर्वाचित पदाधिकारीहरूको सूची अनुसार खागेश्वरी कुमारी साउद निर्वाचित उपाध्यक्ष र निर्मला कुमारी खत्री उपाध्यक्ष बनेका छन्। त्यस्तै केशव राज फुलारा द्वितीय उपाध्यक्ष र गौरी कुमारी ओझा महिला उपाध्यक्षमा चयन भएका छन्।
जय बहादुर खड्का सचिव, भिमला देवी थापा कोषाध्यक्ष, दत्त बहादुर पण्डित सह–सचिव र तेज बहादुर डुम्रेल सह–कोषाध्यक्षमा निर्वाचित भएका छन्।
त्यसैगरी हारी सुदामा जैशी, लक्ष्मी बिक, निर्मला ताम्राकार र राम प्रसाद उपाध्याय सदस्यमा निर्वाचित भएका छन्।
नव–निर्वाचित अध्यक्ष छत्र कमल पाठकले जिल्लामा लोक तथा दोहोरीगीतको संरक्षण, प्रवर्द्धन र कलाकारको हकहितका लागि समिति सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।







