डोटी — डोटी जिल्लाको सायल गाउँपालिका–२, लुसाकोटस्थित श्री भवानी माध्यमिक विद्यालयले स्थायी शिक्षकको अभावमा करार सेवाका लागि शिक्षक दरखास्त आह्वान गरेको छ।
विद्यालयले रसायनशास्त्र विषयकाे शिक्षकका लागि दरखास्त मागेको हो। योग्य र इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिबाट ७ दिनभित्र विद्यालयमा दरखास्त दिन सक्ने विद्यालयले जनाएको छ।
विद्यालयका प्रधानाध्यापक खडकबहादुर सिंहद्वारा जारी सूचनाअनुसार, सो पदका लागि एक जना शिक्षक आवश्यक रहेको छ।
दरखास्त दिने अन्तिम मिति २०८२ साल मंसिर १ गते कार्यालय समयभित्र तोकिएको छ।
प्रतिक्रिया जनाउनुहाेस्








