विज्ञापन

आमाबुवाविहीन डोटी सायलकी सिर्जना र रविनालाई सहयोग रकम हस्तान्तरण

विज्ञापन
Image

 तेज डुम्रेल
सायल, डोटी

सायल गाउँपालिका–४ की सिर्जना र रविना बिकलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । भारतीय बजारमा मजदुरी गर्दै आएका भवानी भल्मा एकता समाजका युवाहरूले संकलन गरेको जम्मा ३४ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

उक्त रकममध्ये भारतमा रोजगारीमा रहेका युवाहरूले संकलन गरेको ३२ हजार रुपैयाँ, डोटी जिल्ला कारागारका प्रमुख लालबहादुर बोगटीले १ हजार, र रमेश बोगटीले १ हजार रुपैयाँ सहयोग गरेका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा सायल गाउँपालिका–५ का वडा अध्यक्ष बहादुर साउद, डोटी जिल्ला कारागारका प्रमुख लालबहादुर बोगटी, डौड प्रहरी चौकी इन्चार्ज दानसिं कार्की, देवारमाण्डौ युवा क्लबका खेलाडीहरू लगायतको सहभागिता रहेको थियो ।

आमाबुवाविहीन सिर्जना र रविनाको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको भवानी एकता समाजका उपाध्यक्ष मानबहादुर बिष्टले जानकारी दिनुभयो ।

सिर्जना र रविनाकी आमा हरु बिकको आदर्श गाउँपालिका–धौलामाटीमा केही समयअघि भएको सडक दुर्घटनामा मृत्यु भएको थियो भने बुबा प्रताप बिकको भारतमा मजदुरीका लागि जाँदै गर्दा भासु भिरमा भएको बस दुर्घटनामा निधन भएको थियो ।

हाल जेठी बहिनी सिर्जना पत्थरी रोगबाट पीडित छिन् भने कान्छी बहिनी रविना अध्ययनमा अब्बल रहेको परिवारले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन