विज्ञापन

कलाकार बलबीर डुम्रेलको ‘घरबार बदल्याको’ देउडा गीत सार्वजनिक

विज्ञापन
Image

तेज डुम्रेल
डोटी

लोकप्रिय देउडा गायक बलबीर डुम्रेल र गायिका देवी घर्ती मगरको स्वरमा सजिएको नयाँ देउडा गीत ‘घरबार बदल्याको’ सार्वजनिक गरिएको छ। जीवनका यथार्थ र परिवर्तित अवस्थालाई सजीव रूपमा चित्रण गर्दै दर्शक–श्रोतालाई गहिरो सन्देश दिन खोजिएको यो गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो।

गीतका शब्द र संगीत स्वयं गायक बलबीर डुम्रेलले नै गरेका हुन्। गीतको एरेन्जर सञ्जय शेर्पा रहेका छन् भने मिक्सिङ गोविन्द ओलीले गरेका छन्। मुर्छुङ्गा स्टुडियोमा अडियो रेकर्ड गरिएको यस गीतको भिडियो निर्देशन कृष्ण बिसीले गरेका हुन्।

गीतको व्यवस्थापन, अभिनय तथा कार्यकारी निर्माणको जिम्मेवारी पनि कृष्ण बिसीले नै सम्हालेका छन्। भिडियोमा बलबीर डुम्रेल र कृष्ण बिसीको दमदार अभिनय देख्न सकिन्छ।

उक्त गीतलाई दहकालीका म्युजिक प्रालीले बजारमा ल्याएको हो। लोकसंगीतप्रेमीहरूबीच परिचित नाम बनाइसकेका गायक बलबीर डुम्रेलले यसअघि पनि दर्जनौँ देउडा गीतमा स्वर दिइसकेका छन्। यसपटक उनले फरक स्वाद र मौलिक भावनाले भरिएको नयाँ प्रस्तुति ल्याएका छन्।

लोकसंस्कृतिको संरक्षण र प्रवर्द्धनमा देउडा गीतहरूले महत्वपूर्ण भूमिका खेलेका छन्। बलबीर डुम्रेलको यो नयाँ प्रस्तुति पनि देउडा संगीतप्रेमीहरूको मनमा विशेष स्थान बनाउन सफल हुने विश्वास गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन