तेज डुम्रेल
दिपायल डोटी
पारिवारिक सम्वेदनामा आधारित नयाँ गीत ‘बा’ सार्वजनिक गरिएको छ। बुबाप्रतिको सम्मान, माया र जीवनका यथार्थ भावनालाई प्रस्तुत गर्ने यस गीतले दर्शक र श्रोतामाझ गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
गीतको भिडियोमा नेपाली चलचित्र तथा रंगमञ्चका वरिष्ठ कलाकार प्रकाश घिमिरेले दमदार अभिनय प्रस्तुत गरेका छन्। पाँच दशकभन्दा बढी समयदेखि अभिनय क्षेत्रमा सक्रिय घिमिरेले यस गीतमा पनि आफ्नै विशिष्ट शैलीमा भावनात्मक र यथार्थपरक अभिनय गरेका छन्। उनको अभिनयले गीतको कथालाई अझ गहिरो र प्रभावशाली बनाएको छ ।
भिडियोमा घिमिरेसँगै सबिन गायक र रियांश सुवेदीको पनि आकर्षक अभिनय देख्न सकिन्छ। उनीहरूले पारिवारिक सम्बन्ध र भावनात्मक पक्षलाई सजीव रूपमा प्रस्तुत गरेका छन्।
गीतमा विकास लिम्बुको स्वर रहेको छ भने, लेखु सहयात्रीले संगीत दिएका छन्। नविन कुमार शाहीका शब्दहरूले पारिवारिक बन्धन र बुबाप्रतिको सम्मानलाई गहिरो भावनाका साथ उतारेका छन्।
संगीत संयोजन विषम आचार्यले गरेका छन्। गिटार र बन्जोमा विकास सुनार, बाँसुरीमा रत्न बी.के., मिक्सिङ र मास्टरिङमा किशोर थापाको योगदान रहेको छ। गीतको रेकर्डिङ A One Music Studio मा गरिएको हो।
भिडियोको निर्देशन भरत छन्त्यालले गरेका छन् भने सिनेमाटोग्राफी, सम्पादन, र रंग संयोजन नेत्र गुरुङको रहेको छ। प्रोडक्सन म्यानेजरमा आशिष पुन र कर्मन घर्ती मगर, प्रकाश व्यवस्थापनमा मनोज दास र दिपक परियार, मेकअपमा ललिता घिमिरे, फोटोग्राफीमा ससक सुनार, ट्रान्सपोर्टेसनमा अनिल गायक, र पब्लिसिटी डिजाइनमा स्वोपु क्रिएसनले जिम्मेवारी सम्हालेका छन्।
‘बा’ गीतले बुबाको त्याग, माया र पारिवारिक सम्बन्धको गहिरो मूल्यबोध गराउने उद्देश्य लिएको छ। गीत अहिले nabinkshahi युट्युब च्यानलसहित सबै डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ।
विज्ञापन
नयाँ गीत ‘बा’ सार्वजनिक, वरिष्ठ कलाकार प्रकाश घिमिरेको भावनात्मक अभिनय
विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन






