विज्ञापन

डोटीका पेट्रोलियम व्यवसायीहरूको पेट्रोल अभाव हुन नदिने प्रतिबद्धता

विज्ञापन
Image

तेज डुम्रेल
सिलगढी, डोटी ।

डोटीका पेट्रोलियम व्यवसायीहरूले जिल्लामा पेट्रोलियम पदार्थको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकमा व्यवसायीहरूले समयमा इन्धन भण्डारण गरी जिल्लामा कृत्रिम अभाव सिर्जना हुन नदिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

हालसालै जिल्लामा पेट्रोलियम पदार्थको कृत्रिम अभाव र कालोबजारी भइरहेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी जोशीले सरोकारवालासँग छलफल गरेका थिए । जिल्लामा रहेका दुई वटा पेट्रोल पम्पहरूले उपभोक्ताको माग अनुसार पेट्रोल उपलब्ध गराउन नसकेको उजुरी बढेपछि प्रशासनले पेट्रोल आपूर्तिमा कडाइ गर्ने निर्णय गरेको हो ।

बैठकले पेट्रोल आपूर्तिमा लापरबाही गर्ने पेट्रोल पम्पलाई कानुनी कारबाहीको दायरामा ल्याउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी जोशीले बताए । उनका अनुसार, जिल्लामा सञ्चालनमा रहेका पेट्रोल पम्पहरूले आफ्ना पम्प बाहेक अन्यत्र ड्रम, जर्किन वा ग्यालनमा पेट्रोल बिक्री वितरण गर्न नपाउने र यातायातका साधनलाई मात्र आपूर्ति गर्नुपर्ने निर्णय गरिएको छ ।

नेपाल आयल निगम शाखा दिपायलका प्रमुख देवबहादुर जोशीका अनुसार, पम्प व्यवसायीहरूले आफ्नो क्षमता अनुसार इन्धन भण्डारण गरे जिल्लामा अभाव सिर्जना नहुने बताए । उनले भने, “यदि व्यवसायीहरूले क्षमता अनुसार इन्धन भण्डारण गर्न सकेनन् भने त्यसका लागि वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था आउन सक्छ ।”

त्यस्तै, नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमले पेट्रोलको कृत्रिम अभाव र कालोबजारी नागरिकमाथिको अन्याय र कानुनको उल्लङ्घन भएको भन्दै तत्काल अनुगमन र कारबाहीको माग गरे ।

उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष विक्रमबहादुर साउँदका अनुसार, पम्पमा पेट्रोल सहज रूपमा उपलब्ध नहुँदा बजारमा कालोबजारी बढ्दै गएको छ ।

जिल्ला प्रशासनले पेट्रोलियम पदार्थको अभाव र कालोबजारीमा संलग्न जो कोहीमाथि पनि कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन