तेज डुम्रेल
सिलगढी
डोटीको सिलगढीस्थित बालसुधार गृह भवनभित्र एक युवकले आत्महत्या गरेका छन् ।
बालसुधार गृहमा रहेका बोगटान फुड्सिल गाउँपालिका–७ खतेडी निवासी १९ वर्षीय श्याम बिकले आइतबार बिहान आफ्नै कोठामा डोरीको पासो लगाई आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बिक जवरजस्ती करणी मुद्दामा बालसुधार गृहमा राखिएका थिए ।
प्रहरीका अनुसार बिकले सुत्ने कोठाको पंखा झुण्ड्याउनका लागि बनाइएको हुकमा डोरी बाँधी बिहान करिब ९ः४० बजे आत्महत्या गरेका थिए । ड्युटीमा खटिएका प्रहरी हवल्दार बिर्ख रोकायाले बिकलाई झुण्डिएको अवस्थामा देखेपछि तत्काल पासो काटी उपचारका लागि जिल्ला अस्पताल डोटी पु¥याएका थिए । तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
मृतक बिक भदौ २४ गते बालसुधार गृहबाट भागेका थिए । शनिबार राति करिब १० बजे उनका बुबा लालबहादुर बिकसहितका अभिभावकले उनलाई पुनः प्रहरीको जिम्मामा लगाएको बालसुधार गृहकी प्रमुख सानुमाया लिम्बु गुरुङले जानकारी दिनुभयो ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
विज्ञापन
बालसुधार गृहभित्र युवकद्वारा आत्महत्या
विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
नयाँ प्रकाशित
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन







