विज्ञापन

सायल ग्वानीको दशैं मेलामा घमासान डेउडा

विज्ञापन
Image

 तेज डुम्रेल
सायल, डोटी

हरेक वर्ष दशैंको अवसरमा सायल गाउँपालिका वडा नम्बर २ ग्वानीमा आयोजना हुने दशैं मेलामा यस वर्ष पनि घमासान डेउडा खेलिएको छ।

मेलामा सुदूरपश्चिमका चर्चित डेउडा कलाकार दिलबहादुर सिंह र सावित्री धामीबीच आकर्षक डेउडा प्रस्तुति भएको थियो। मेलामा आएका स्थानीय डेउडा प्रेमीहरूले पनि कलाकारसँगै घमासान डेउडामा सहभागी भई माहोललाई झनै रोचक बनाएका थिए।

धामिलुसा, मुडभारा, ओखट्टे खटगडा, पयतोला, लुसाकोट, भुर्केला र शिर्मासहितका स्थानहरूबाट सयौँ स्थानीय बासिन्दाको उपस्थिति रहेको मेलामा प्रमुख अतिथि डोटी जिल्ला कारागारका प्रमुख लालबहादुर बोगटी र विशिष्ट अतिथि समाजसेवी एवं कलाकार गणेशबहादुर सिंह उपस्थित रहनुभएको थियो।

मेलाको व्यवस्थापनमा समाजसेवी धनबहादुर सिंह, हर्कबहादुर सिंह, रामबहादुर सिंह, भवानी माया बिका, प्रहरी खडकबहादुर सिंह, पूर्वसैनिक अम्मरबहादुर सिंह र मानबहादुर सिंहले विशेष योगदान गरेका थिए। कार्यक्रम सञ्चालन मनोज कुमार सिंहले गर्नुभएको थियो।

स्थानीय युवाहरूको आर्थिक सहयोगमा आयोजना गरिएको मेलाको उद्देश्य संस्कृति र परम्पराको संरक्षण गर्नु रहेको आयोजकहरूले जनाएका छन्। समाजसेवी बलबहादुर ओली र कलाकार रामप्रसाद उपाध्यायले लाइभ डेउडा प्रस्तुति अत्यन्तै रोचक भएको प्रतिक्रिया दिनुभयो। दर्शकहरूले दिलबहादुर र सावित्रीबीचको डेउडा ब्याटललाई विशेष रुचाएका थिए।

दुवै कलाकारलाई आगामी श्रीमाको जात विशेष २०८२ मा समेत निमन्त्रणा गरिएको आयोजकहरूले जानकारी दिएका छन्।

मेलाको समापन वडा नम्बर २ का वडा अध्यक्ष मानबहादुर सिंहले गर्नुभएको थियो। प्रत्येक वर्ष नवमीको दोस्रो दिन आयोजना हुने ग्वानी दशैं यस वर्ष डौड र लुसाकोटको दशैंसँगै एकै दिन परेको थियो।

ग्वानी दशैं मेला सभ्य र सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजकहरूले युवाहरू संस्कृति र सभ्यताको संरक्षणमा सामूहिक रूपमा जुटिरहेको बताएका छन्।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन