विज्ञापन

डोटी प्रशासनद्वारा मनसुनमा उच्च सतर्कता अपनाउन आग्रह

विज्ञापन
Image

तेज डुम्रेल
डोटी

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १७ गतेदेखि २० गतेसम्म देशभर मनसुन सक्रिय भई मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले डोटी जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेको सूचनामा अत्यावश्यकबाहेक घरबाहिर यात्रा नगर्न, विशेषगरी रात्री समयमा आवतजावत नगर्न जनतालाई अनुरोध गरिएको छ ।

सूचनामा पहिरो जोखिमयुक्त क्षेत्र तथा नदी किनारमा बसोबास गर्नेहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ । त्यस्तै डुबान तथा बाढीको सम्भावना भएको क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ सार्न आवश्यक तयारी गर्न आग्रह गरिएको छ ।

जिल्ला भित्रका सबै स्थानीय तह, सुरक्षा निकाय, स्वयम्सेवक तथा सम्बन्धित निकायहरूलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । साथै सडक डिभिजन कार्यालय, पूर्वाधार विकास कार्यालय तथा स्थानीय तहलाई जोखिमयुक्त राजमार्ग तथा सडक खण्डको तत्काल मर्मत, डोजर तथा एक्साभेटरसहित तयारी अवस्थामा रहन भनिएको छ ।

जिल्ला प्रशासनले विपद् सम्बन्धी कुनै पनि घटना घटेमा तत्काल नजिकैको सुरक्षा निकायलाई जानकारी दिन जनतालाई आग्रह गरेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन