डोटेली आवाज, सायल
सायल गाउँपालिका–४ की दुई बालिकालाई भारतमा काम गर्ने प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । सडक दुर्घटनामा आमा–बुवा गुमाएका सिर्जना बिक र रबिना बिकलाई ७४ हजार ७ सय रुपैयाँ सहयोग गरिएको हो ।
भारतका विभिन्न स्थानमा रोजगारीमा रहेका नेपालीहरुले संकलन गरी पठाएको उक्त रकम डोटेली आवाज अनलाइनका सम्पादक तथा पत्रकार तेज डुम्रेलले आज उनीहरूको घरमै पुगेर हस्तान्तरण गरेका हुन्। सामाजिक अभियन्ता तथा सामाजिक सञ्जालमा कला–साहित्य सार्वजनिक गरेर चर्चित बनेका डोटीका प्याउलीको नेतृत्वमा उक्त रकम संकलन गरिएको थियो ।
दुई दिदीबहिनीको पठनपाठनमा सहयोग होस् भन्ने उद्देश्यले रकम पठाइएकाले सिर्जना र रबिनाले प्रवासी दाजुभाइलाई धन्यवाद व्यक्त गरेका छन् ।
केही महिना अघि आदर्श गाउँपालिकामा जिप दुर्घटनामा आमाको मृत्यु भएको थियो भने भासु भिरमा भएको बस दुर्घटनामा बुवाको ज्यान गएको थियो। दुई दिदीबहिनीमध्ये सिर्जना बिक पत्थरी रोगबाट पीडित छिन्।
विज्ञापन
सडक दुर्घटनामा आमा–बुवा गुमाएका बालिकालाई प्रवासी नेपालीको सहयोग
विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
नयाँ प्रकाशित
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन










