तेज डुम्रेल, दिपायल
डोटीको पूर्वीचौकी गाउँपालिका–२ हुणेखोला स्थित सिलगढी–झिग्राना सडक खण्डमा आइतबार दिउँसो पहिरो खस्दा एक बालिका बेपत्ता र तीन जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो करिब २ः४० बजे घरतर्फ पैदल हिँडिरहेका बेला माथिबाट आएको पहिरोले सायल गाउँपालिका–४ भाल्माका प्रेम विष्टकी २६ वर्षीया श्रीमती महेश्वरी विष्ट र उनका तीन सन्तानलाई च्यापेको हो । घटनामा महेश्वरी विष्ट घाइते भएकी छन् ।
उक्त घटनामा उनकी ५ वर्षीया छोरी भगवती विष्ट पहिरोमा बेपत्ता भएकी छन्। उनका ७ वर्षीय छोरा सबिन विष्ट र ९ वर्षीया छोरी करिष्मा विष्ट सामान्य घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरी निरीक्षक नवराज रावलको नेतृत्वमा १५ जनाको टोली परिचालन गरी खोजतलास तथा उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख महेन्द्र नेपालले जानकारी दिनु भयो । नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा खोजी कार्य जारी रहे पनि बालिका भगवती विष्ट भने अहिलेसम्म फेला परेकी छैनन् ।
विज्ञापन
डोटीमा पहिरो ः ५ वर्षीया बालिका बेपत्ता, आमा र दुई सन्तान घाइते
विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
नयाँ प्रकाशित
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन







