डोटेली आवाज, डोटी
डोटी जिल्ला प्रशासन कार्यालयले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै शान्ति–सुरक्षा कायम गर्न विशेष आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय डोटीले सार्वजनिक सूचना जारी गर्दै सबै नागरिकलाई मौलिक परम्परा, संस्कृति र प्रचलित कानुनको पालना गर्दै पर्व मनाउन अनुरोध गरेको हो ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जारी गरेको सूचनामा चाडपर्वको समयमा सार्वजनिक शान्ति–सुरक्षा र आपसी सद्भाव बिगार्ने गतिविधि नगर्न सचेत गराइएको छ। प्रशासनले मदिरा सेवन गरी झगडा गर्ने, सार्वजनिक स्थानमा शान्ति भंग गर्ने, तोकिएको भाडादरभन्दा बढी भाडा लिने वा लिन खोज्ने, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, युवायुवतीलाई प्रलोभनमा पारेर जुवा–सट्टाजस्ता खेल खेल्ने जस्ता कार्य कानुन विपरीत हुने भएकाले तत्काल कारबाही गरिने चेतावनी दिएको छ ।
यस्तै, सवारीसाधन क्षमताभन्दा बढी यात्रु राख्ने, ट्राफिक नियमको उल्लंघन गर्ने, बजारमा मालसामानको कृत्रिम अभाव देखाउने, कालोबजारीजस्ता कार्य गर्नेहरूमाथि पनि कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।
चाडपर्वको समयमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई शान्तिपूर्वक सम्पन्न गर्न, आपसी सद्भाव कायम राख्न र कानुन उल्लंघन गर्नेहरूमाथि आवश्यक कारबाही गर्न प्रशासनले सबै नागरिकलाई सहयोगको आग्रह गरेको छ ।
विज्ञापन
दशैं–तिहारमा शान्ति सुरक्षा कायम गर्न डोटी प्रशासनको अपिल
विज्ञापन

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन

विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
नयाँ प्रकाशित
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन







